गजुरमुखी-इभाङ-चतरे सडक कालोपत्रेको काम तीब्र

  बालकृष्ण बस्‍नेत
14 Shares

माङसेबुङ : ईलामका माङसेबुङ गाउँपालिकामा पर्ने गजुरमुखी-ईभाङ चतुरे सडक कालोपत्रेको काम तीब्र बनाइएको छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ को तिखे गोलाईदेखि वडा नम्बर ३ को चतुरेस्थित दमक-रवि सडक (फाल्गुनन्द मार्ग) सँग जोड्ने सडकको कालोपत्रेको काम तीब्र पारिएको हो ।

१३ दशमलव २७९ किलोमिटर लम्बाईको सो सडकको सब ग्रेड, सब बेस, बेस नाली वाल लगायतका कामहरू तीब्र गतिमा भइरहेको छ । समग्र कामको करिब ७० प्रतिशत काम पूरा भएको सो सडकका ईन्जीनियर नारायण बस्नेतले जानकारि दिए ।

सडकको काम तीब्र गतिमा हुन थालेपछि सडक आसपासमा बासिन्दा हर्षित र उत्साहित भएका छन् । स्थानीय स्तरमा होटल, खाजाघर, किराना पसल साथै अन्य व्यापार व्यवसाय गर्नेको संख्या दिनानुदिन बढ्दै गएका छ ।

३ वर्ष अघि गजुरमुखिदेखि चतुरेसम्म सडक छेउमन १/२ वटा मात्र पसलहरु संञ्चालनमा रहेकोमा अहिले करिब २०/२२ वटा जति पसलहरु संञ्चालनमा आउन थालेको स्थानीय व्यापारी प्रेमबहादुर कार्की बताउँछन् ।

कुनैबेला पश्चिमी ईलामको अत्यन्तै बिकट क्षेत्रको रूपमा चिनिएको ईभाङ अहिले सडक संञ्जालले जोडिन थालेपछि विकसित बन्दै गएको छ । कृषिमा आत्मनिर्भर यहाँका बासिन्दाको आर्थिक जीवनशैली समेत परिवर्तन हुन थालेको छ । सडक आसपासका जग्गाहरु घरघडेरीका रुपमा विक्री गर्न प्लटिङ समेत हुन थालेको छ ।

यसअघि माङसेबुङ गाउँपालिकामा कृषि सडक भएपनि मुख्य सडकको अभावमा स्थानीय स्तरका नगदेबालिले राम्रो बजारभाउ पाएका थिएनन् । तर अबका दिनमा सो समस्याबाट छुटकारा पाउन थालेको स्थानीयले महसुस गर्न थालेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत ३१ करोड रुपैयाँको लगानीमा माङसेबुङ २ तिखे गोलाईदेखि माङसेबुङ ३ चतुरेसम्मको सडक कालोपत्रे भइरहेको छ । सो सडक चतुरेस्थित दमक-चिसापानी-रवि (फाल्गुनन्द मार्ग) सँग जोडिनेछ । निर्माण कम्पनीले ५ वर्षको अवधिमा उक्त सडकको कालोपत्रे गर्ने कामको चरणगत रुपमा कार्य सम्पन्न गर्नुपर्ने शर्त रहेको छ । ५ वर्षमध्ये २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माणका बखत भएका कमी कमजोरी सच्याएर सुधार गर्नका लागि अर्को १ वर्ष दिइएको छ । बाँकी २ वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्नुपर्ने समय कम्पनीलाई दिइएको छ । आयोजनाको लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैङ्कको ऋण ८० प्रतिशत खर्च हुने भएको छ । २५ मङ्सिर २०७५ मा आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलीडारबीच सम्झौता भएको थियो । जम्मा तीन दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र नाली बाहेक ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुनेछ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा कालोपत्र सुरु भएपछि त्यहाँका बासिन्दा उत्साहित भएका छन् । सो सडक कालोपत्रे भएपछि माङसेबुङ क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा सर्वसाधारणको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार