स्वास्थ्य बिमा कार्यक्रम प्रति इलाममा नागरिकको आकर्षण बढ्दो

इलाम : स्वास्थ्य बिमा भन्नाले सामान्यतय स्वास्थ्य खर्च बेहोर्ने कार्यक्रम भन्ने बुझिन्छ । स्वास्थ्य बिमामा दुर्घटनाबाट भएको हानि नोक्सानी, स्वास्थ्य खर्च, अपांगता वा आकस्मिक मृत्यु र अंगभंगताको बिमा संलग्न हुन्छ । यसले बिमित व्यक्तिको रोग तथा चोटपटकको उपचारमा लाग्ने खर्च बेहोर्छ त्यहि भएर पनि स्वास्थ्य बिमा कार्यक्रम तुलनात्मक रूपमा इलाममा प्रभावकारी बनेको स्वास्थ्य बिमा बोर्ड इलामले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम इलाममा प्रभावकारी बन्दै गएको छ । भगौलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तरलगायतका चुनौतीका बाबजुद पनि बिमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको स्वास्थ्य बिमा बोर्ड इलामका प्रमुख खेम अधिकारीको भनाई छ ।

०७३ साल देखि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत इलाममा हालसम्म ९५ हजार जनाले स्वास्थ्य बिमा गराएका छन् भने १० हजार ८ सय नौ जना जेष्ठ नागरिक २६ जना HIV संक्रमित र ४०१ ज्ना अपाङ्ग भएर रातो कार्ड प्राप्त गरेका ब्यतिले समेत बिमा गरेर सेवा लिन सुरु गरिसकेका छन् । २०६८ को जनगणना अनुसार इलामको कुल जनसंख्या मध्ये ५० प्रतिशत नागरिकले बिमा गरिसकेका छन् । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ बिमाकै कारणले अस्पतालमा चाप समेत बडेको इलाम अस्पतालका चिकित्सकहरुको भनाइ छ ।

प्रत्येक परिवारमा ५ जनासम्मको लागि ३ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ७०० रुपैयाँ शुल्क लाग्ने छ । बिमा गरेपछि स्थानीयले एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई १ लाखसम्मको स्वास्थ्य सेवा (उपचार र औषधि) प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ ।
गरिब नागरिकका लागि स्वास्थ्य बिमा बढी प्रभावकारी बनेको छ । पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुने भएकाले सबै नागरिकलाई सहज बनेको हो । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा लागू भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार