रोङमा रक्तदान कार्यक्रम सम्पन्न

रोङ  :  इलामको रोङ गाउँपालिकामा “रक्तदान गरी जीवनको ज्योति प्रज्वलीत पारौं “भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

युवा सशक्तीकरण सञ्जाल रोङको आयोजना, नेपाल रेडक्रस सोसाइटी उपशाखा कन्यामको सहकार्य र रोङ गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

युवा सशक्तीकरण सञ्जाल रोङका अध्यक्ष तेजकुमार आचार्यको अध्यक्षतामा रोङ गाउँपालिका अध्यक्ष शमशेर राई प्रमुख अतिथि, उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति शिवप्रसाद गौतम, नेपाल रेडक्रस सोसाइटी १ नम्बर प्रदेश उपाध्यक्ष हरिकला श्रेष्ठ विशेष अतिथि रहेको कार्यक्रममा उपशाखा कन्यामका सभापति वेदप्रसाद गिरी, नेपाल रेडक्रस सोसाइटी इलामका परामर्शदाता रोमनाथ आचार्य, कर्मचारी वसन्त तिम्सिना, रोङ स्वास्थ्य शाखा प्रमुख नेत्रप्रसाद पोख्रेल, नेपाल रेडक्रस सोसाइटी झापाका प्राविधिक करूणा कार्की लगायत उप शाखाका आजीवन सदस्य, युवा सशक्तीकरणका सदस्यहरूको उल्लेख्य उपस्थिति भएको थियो ।

रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले ब्यानर वाचन तथा रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला सभापति शिवप्रसाद गौतमले यो रक्तदान कार्यक्रम आयोजना गरेर कसैको जीवन रक्षा गर्न सहयोग गरेकोमा गाउँपालिका र युवा सशक्तीकरण सञ्जाललाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा रोङ गाउँपालिकाका विभिन्न वडाबाट जम्मा ४५ जनाले रक्तदान गरेका थिए र सो ४५ प्रिन्ट ब्लड नेपाल रेडक्रस सोसाइटी झापा भद्रपुरमा जम्मा गर्न लगिएको छ । सो कार्यक्रम रोङ गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार