टुटाउने र फुटाउनेलाई सबै मिलेर परास्त गर्नुपर्छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्तिकाे ढाकछोप गर्न नसकिने बताएका छन् ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृत्तिहरुको ढाकछोप नगरी फर्छ्याैट गर्नुपर्ने बताए । कुनै पनि बहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने नागरिकको चाहाना नेतृत्वले बुझेको भन्दै उनले समाचारमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेकोबताए ।

उनले विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको भन्दै अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताए । पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार