६९औं मदन भण्डारी जन्म जयन्तीकाे अवसरमा इलाममा रक्तदान सहित वृक्षारोपण कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द
0 Shares

इलाम : मदन भण्डारी फाउन्डेसन इलाम र मदन भन्डारी स्पोर्ट्स एकाडेमी इलामको संयुक्त आयोजनामा इलाम अस्पतालमा रक्तदान कार्यक्रम आज सम्पन्न भएकाे छ ।

६९औं मदन भण्डारी जन्म जयन्तीकाे अवसरमा फाउन्डेसनले  अाइतबार गरेकाे कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । रक्तदान भोलि पनि विहान र बेलुका चल्नेछ । अस्पतालमा भएकाे कार्यक्रममा मदन भन्डारी फाउन्डेसन इलामका अध्यक्ष एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बराल, फाउन्डेसनकै सचिव केशब धौराली, स्पोर्ट्स एकाडेमीका अध्यक्ष मिलन खत्री, नेकपा नेता भक्त केसि लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी सोही अवसरमा अनेरास्ववियू इलामले समेत इलाम नगरपालिका सहित विभिन्न पालिकामा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम गरेको छ । इलाम नगरपालिकाको आदर्श मावी र अमर मावीमा अनेरास्ववियू केन्द्रिय सदस्य रवीन्द्र सुवेदी सहितको टोलिले विध्यालय परिसरमा वृक्षरोपण गरेकाे हाे । अाज नै देउमाइ न.पा मा भानुभक्त मावी र माइ नगरपालिकामा सुखानी पार्क सरसफाइ सहित वृक्षारोपण गरिएकाे थियाे।

Image may contain: 2 people, including Khem Sagar Khanal, people sitting

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार