माईभ्याली गोल्डकप : आयोजक दुई शुन्यले बिजयी

इलाम : इलाममा जारी छैटौ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वाटर फाईनलमा आयोजक माईभ्याली फुटवल क्लब प्रबेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फूटवल क्लबलाई शुन्यका बिरुद्ध २ गोल गर्दै आयोजकले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

जितका लागि जर्सी नम्वर ३ का बिदेशी खेलाडी जोर्डन ज्वइनर इन्डाब्ले खेल सुरु भएको चौथो किनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । निकै नै आक्रामक खेलमा दोस्रो हाफ पछिको इन्ज्युरी समयमा थप गोल गर्दै जर्सी नम्वर तीनका खेलाडी जोर्डनले टीमलाई बिजयी गराएका थिए ।

जितसँगै आयोजक माइभ्यालीले बाइ पाएको भारतको कोलकत्ता फूटवल क्लबसँग क्वाटर फाइनल खेल्ने पक्का भएको छ ।
खेलको म्यानअफ दि म्याच आयोजक माइभ्यालीका जर्सी नम्वर १२ का शिशिर लेखी घोषित हुँदै नगद १० हजार प्राप्त गरेका थिए ।
बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको आयोजकले घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको थियो ।
शनिबार झापा ११ र एमएफसी दार्जिलिङ बिच पहिलो क्वाटर फाइनलको खेल हुँने छ ।

फागुन २४ गते प्रतियोगिताको फाइनल खेल हुने छ । माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार