२५ औं जनयुद्ध दिवस इलाममा दुई कार्यक्रम गरी मनाईयाे

अनेरास्वियुकाे दीप प्रज्वलन र पार्टीकाे शुभकामना आदान-प्रदान तथा चियापान

२५ औं जनयुद्ध दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईएकाे छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाइदैँ आएको थियो।  तर नेपालमा नेकपा एमाले र नेकपा माअोवादीकाे  एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टीले उक्त दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेपछि आज देशभर विभिन्न कार्यक्रम गरि दिवश मनाईएकाे छ ।

यसै क्रममा इलाममा  दीप प्रज्वलन र  शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम आयाेजना गरी जनयुद्ध दिवश मनाईएकाे छ । नेपाल कम्युनिष्ट पार्टीकाे भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटिकाे आयाेजनामा साँझ दीप प्रज्वलन कार्यक्रम र नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी इलामकाे आयाेजनामा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम गरी मनाईएकाे छ ।

दीप प्रज्वलन कार्यक्रममा अनेरास्वियुका केन्द्रीय सदस्य सन्धिभक्त श‌ंकर, नेपाल कम्युनिष्ट पार्टी एक नम्बर प्रदेश सदस्य टीका घिमिरेले जनयुद्धकाे दिनलाई स्मरण गर्दै शुभकामना मन्तव्य व्यक्त राखेका थिए । कार्यक्रम अनेरास्ववियू जिल्ला कमिटि संयाेजक प्रवेश पराजुलीकाे अध्यक्षता र सहसंयाेजक विपिन पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । दीप प्रज्वलन कार्यक्रममा अनेरास्वियुका नेता कार्यकर्ता तथा पार्टीका नेता कार्यकर‍्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

यता शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी  जिल्ला कमिटि इलामका सचिव  सोममाया राई (सिन्धु) को अध्यक्षता एवं पार्टीका प्रदेश कमिटी सदस्य  टिकादेवी घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा पार्टी जिल्ला कार्यालय सदस्यहरु भक्त केसी, विजय खम्बु, शान्ता बस्नेत (सर्कल), पार्टी जिल्ला सचिवालय सदस्य एवं जिसस प्रमुख गणेशप्रसाद बराल, कार्यालय सचिव नवराज शंकर, सचिवालय सदस्यहरु देवेन्द्र विश्वकर्मा, प्रवाश शर्मा, जीवन शर्मा ढुङ्गाना लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति तथा शुभकामना आदान प्रदान रहेको पार्टीका  कार्यालय सचिव नवराज शंकरले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार