किरात प्रदेश अभियान इलाममा, किरात नभए सडक संघर्ष

इलाम : किरात राई यायोक्खाले चलाउदै आएको किरात अभियान आज (मंसिर २३)इलाम पुगेर अन्तरक्रियामा सहभागी भएको छ ।

प्रदेश १ को नाम किरात राख्न दवावको लागि जनमत तयार पार्ने उदेश्यले यायोक्खा केन्द्रीय समितिद्वारा आयोजित अभियानमा इलामका सहभागीहरुले प्रदेशको नाम किरात नभए आन्दोलन चर्काउन तयार रहेको बताएका छन ।

यायोक्खाले किरात साझा नाम हुने बताउदै आएका छन । किरात जात नभएर इतिहास, भूगोल र सभ्यता भएको बताउदै आएको छ ।
त्र
यायोक्खा इलामको अध्यक्ष शुभराज राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्षद्वय तिलकप्रसाद राई, ज्ञनबहादुर राई, उपमहासचिव भीम राई, शुभचन्द्र राई, सचिव अर्जुन जम्नेली राई, किरात राई प्राज्ञ परिषदका कुलपति जय राईले किरात प्रदेश लगायतको विभिन्न विषयमा विचर व्यक्त गरेका थिए ।

वक्ताहरुको विचारपछी यायोक्खा इलामका उपाध्यक्ष होमबहादुर राई, सचिव प्रकाश राई, मोहन राई, सुबास राई, मेघराज राई, दिलिप राई लगायतले संगठनले घोषणा गरे आन्दोलनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन । एक सयभन्दा बढी सहभागी रहेको अन्तरक्रियामा बोलेका थिए । किरात प्रदेश नभए सडकमा जान तयार रहेको उनिहरुको भनाइ थियो ।

कार्यक्रममा केन्द्रिय सचिव कृष्ण राई, सदस्यहरु मन्जु सोताङ, प्रेम नाछिरिङ,सन्जय राई लगायतको उपस्थिति रहेका थिए ।

प्रदेशको नाम किरात नराखिए आन्दोलन गर्ने भन्दै तयारीको लागि यायोक्खा जिल्ला भ्रमणमा रहेको छ ।

किरात जाती नभएर भूगोल, इतिहास, सभ्यता भएकोले भूगोलबासीको सम्मानको लागि नाम किरात राख्नु पर्ने तर्क राख्दै आएका छन ।

मंसिर २१ गते उदयपुरमा अन्तरकृयापछि इलाम, पाँचथरहुँदै १४ जिल्लामा प्रशिक्षण हुने यायोक्खा १ नम्बर प्रदेश इन्चार्जसमेत रहनु भएका उपाध्यक्ष तिलकप्रसाद राईले बताए । यस अघि उदयपुर, सप्तरी, सिराहा, मोरङ, झापा, काठमाडौ, ललितपुर, भक्तपुर जिल्लामा प्रशिक्षण सहितको अन्तरकृया चलाई सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार