फाल्गुनन्द गाउँपालिकामा नेकपाका कुरुम्बाङ विजयी (मतपरिणाम सहित)

  युद्धबहादुर बोहोरा
0 Shares


पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टीका वीरबहादुर कुरुम्बाङ आठ सय छ मतान्तरले विजयी भएका छन् ।

कुरुम्बाङले ५ हजार ३ सय ६९ मतकाअ साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका बृजहाङ्ग आङदेम्बेले ४ हजार २ सय ९२ मात पाए ।

विभिन्न ८ राजनीति दलको प्रतिस्पर्धा भएको फाल्गुनन्दमा तेस्रो स्थानमा समाजवादी पार्टी आएको छ । समाजवादीकी बिमला आङ्देम्बेले ३ सय २० मत प्राप्त गरिन ।

त्यस्तै जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) २ सय ४० मत, मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) ७५ मत, ससुहाङ चेम्जोङ (राप्रपा) २८ मत, इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) २८ र उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) १२ मत प्राप्त गरेका छन ।

शनिबार भएको मतदानमा १० हजार ८ सय २३ मत खसेकोमा १ सय ७९ मत बदर भएको थियो ।

फाल्गुनन्दमा २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँङ्ग्रेसका अमरकुमर नेम्बाङले जित हासिल गरेको थिए ।

उनको गतवर्ष हृदयघातका कारण निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार