सुकिलुम्बा विमानस्थल निर्माण कार्यले गति लिदै

इलाम : इलाम सदरमुकाममा निर्माणाधिन फाल्गुनन्द सुकिलुम्वा बिमानस्थल निर्माण कार्यले गति लिए सगै स्थानीय उत्साहित देखिएका छन् । इलामको आकाश बाट हिम श्रृखलाको दृश्य अबलोकन गर्दै राजधानी सम्म पुग्ने आसामा रहेका इलामेलीको हवाईजहाज चड्ने सपना अब भने पुरा हुने देखिएको छ ।

गत वर्ष तारा एयरको बिमान इलामको आकाशमा फन्को मार्दै सफल अवतरण हुदा इलामबासीमा खुशीको सीमा रहेन तारा एयरको 9N – AET विमानले पहिलो पटक इलाममा पाइला टेक्दा अब चाँडै उडेर राजधानी पुग्न पाइने विश्वास स्थानीयको थियो । तर प्राविधिक परिक्षण उडान गरिएपछि चर्चा सेलाएको सुकिलुम्बा विमानस्थलको अहिले भने स्तरोन्नति गरि धावनमार्गमा ( कालोपत्रे ) निर्माण गर्न कार्य धमाधम भइरहेकाे छ । पटक पटक गरी हाल सम्म करिव २८ करोड रुपैयाँ खर्च भएको बिमानस्थलमा थप पुर्वाधार निर्माण शुरु भएको हो । साढे नौ करोड रुपैयामा ठेक्का सम्झौता भएको विमानस्थलको धावन मार्गमा कालोपत्र निर्माण २०७७ असोज सम्ममा सम्पन्न गर्ने निमार्ण ब्यबसायी सुर्य कार्कीले जानकारी दिए ।

इलाम नगरपालिका ९ गोलाखर्कमा २०६८ साल देखि निर्माण शुरु भएको सुकिलुम्बा विमानस्थलको यो वर्ष धावन मार्ग, ट्याक्सी वे, आसपाल कंक्रिट, मेशीनरी, ग्यावियन कटिङ्ग, फिलिङको काम धमाधम भइरहेको बिमान स्थलमा काम गरिरहेका निमार्ण ब्यबसायी गणेश चौहानको भनाई छ ।

पक्की ६७० मीटर लम्बाई र २० मिटर चौडाइ भएको रन वे निर्माण हुन लागेको छ । निर्माण कम्पनी आशिष, आशिर्वाद स्वामीनारायण जे भीले ठेक्का सम्झौता अवधि अगावै निर्माण सकिने जनाएको छ । बिमानस्थलमा टावर, टर्मीनल लगायतका संरचनामा थप बजेटको आवश्यक्ता रहेको छ ।

सिङगो इलामको पर्यटन विकासलाई समेत प्रत्यक्ष फाइदा पुग्ने ठानिएको बिमानस्थलको कामले गति लिदै गर्दा उडान चाडै हुनेमा आशा पलाउन थालेको स्थानीय चन्द््र पाठकको भनाइ छ ।

सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो २०५८ मानै प्रकृया थालिएपछि बिमान चड्ने सपना स‍‍गालेका स्थानीयले हेर्न मात्र पाउदा पनि मन बुझाएका थिए । २०६८ सालमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यस गरे पनि निर्माण सुरु हुन अरु केहि वर्ष कुर्नु परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार