फाल्गुनन्दको अध्यक्ष पदका लागि दुई दलले तोक्यो उम्मेद्वार

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : उप-निर्वाचनको मिति नजिकिन्दै गर्दा राजनीतिक दलहरूले आफ्ना उम्मेदवार छनौटको प्रक्रिया शुरु गरेका छन् ।

मंसिर १४ गते हुने उप–निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाबाट अध्यक्ष पदको लागि नेपाली काङ्ग्रेसले जिल्ला सचिव बृजहाङ आङ्देम्बेलाई सिफारिस गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई) चिन्हबाट शुशुहाङ्ग चेम्जोङ(सुजन) लाई सिफारिस गरेको छ।उनी पार्टीको गाउँपालिक सचिव हुन् ।

पार्टीको बैठकले सर्बसहमत निर्णयबाट उनीहरुलाई उम्मेदवार बनाउने पक्का भएको पार्टी श्रोताले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी,समाजवादी पार्टी,नेपाल,संघीय लिम्बुवान र जनमुक्ति पार्टी पनि धमाधम गृह कार्यमा छन्।

नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका अध्यक्ष अमर कुमार नेम्बाङको निधन पछि हुन लागेको उप-निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपाको कडा प्रतिस्पर्धा रहने स्थानीयले
अनुमान गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार