संविधान दिवसमा विविध कार्यक्रम

  गोविन्द लामिछाने
0 Shares

फाकफोकथुम : पाँचौ संविधान दिवस तथा राष्ट्रिय दिवस आज इलामको फाकफोकथुम गाउँपालिकामा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीयबासी गाउँपालिकामा भेला भएर प्रभातफेरिको आयोजना गरियो ।

उँपालिकाबाट सुरु भएको ¥याली शुक्रबारे, प्रहरी चौकी परिक्रमा गरी पुन गाउँपालिका पुगेर कोणसभामा परिणत भएको थियो ।

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने व्यक्तिलाई सम्मान, जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष श्रेष्ठले संविधानले जनताको वर्षाैंदेखिको आशा र अपेक्षा पुरा गरेको बताए । संविधानले प्रदान गरेका उपलब्धीलाई संस्थागत गर्दै देशलाई समृद्धतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिए । गाउँपालिका भवन निर्माणका लागि प्राप्त जग्गामा भवन निर्माणको कार्य तत्काल सुरु गरिने बताए ।

कार्यक्रममा जग्गादाता नेत्रकुमारी लामिछाने, कुमार कटुवाल, हरिप्रसाद खनाल, भीमबहादुर खडका, मोतिखर दाहाललगायतलाई गाउँपालिका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष राईले दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ नागरिकहरु ऋनिरुद्र लामिछाने, कुलप्रसाद लामिछानेलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले विभिन्न आन्दोलनको उपलब्धीलाई संस्थागत गर्दै प्राप्त भएको संविधानले महिला, दलित, आदिवासी, पिछडिएको वर्ग, अपाङ्गलगायत नागरिकलाई विभिन्न अधिकार प्रदान गरेको बताइन् । संविधानमा उल्लेखित आयोगले नागरिकका हक र अधिकारका विषयमा जागरुक गराएको विचार व्यक्त गरिन् ।

विभिन्न दिवस मनाउँदा विदा गरेर भन्दा पनि कार्यक्रमको आयोजना गरेर मनाउने प्रचलन सुरु गर्न सबैलाई आग्रह गरिन् । संविधानलाई सबैले अध्ययन गरेर त्यहाँ भएका कुराहरुलाई बुझ्न आग्रह गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत जनार्दन कट्टेलले सञ्चालन तथा १ नं. वडाका वडाध्यक्ष टेकवीर नेम्वाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहकारी सञ्जालका तर्फबाट केदार पौडेल, सृजना दाहाल, प्रगतिशील अपाङ्ग समितिका अध्यक्ष रुपनारायण लामिछाने, वडा सदस्य बालकृष्ण भट्टराई, सिंहदेवी माविका प्रअ मोतिखर पोखरेल, विद्यार्थी मनिषा लामिछाने, स्थानीयबासि उपेन्द्र पौडेल, नेकपाका प्रतिनिधि पारस लामिछाने, जग्गादाता नेत्रकुमारी लामिछानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार