संविधानको विरोधमा उत्पीडितहरुले आधा घण्टा ब्ल्याकआउट गर्ने !

इलाम : आज असोज ३ गते संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइदैछ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउँदैछन्  ।

तर संविधान जारी हुँदादेखि नै संविधानलाई अस्वीकार गर्दै आएका  नेपालका उत्पीडितहरुले विगतका वर्षझैं यसवर्ष पनि ब्लयाकआउट गर्ने भएका छन्  ।

नेपालका आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम तथा पहिचान पक्षधर विभिन्न राजनैतिक दलहरुले यसवर्ष पनि असोज ३ लाई कालो दिनको रुपमा मनाउने भएका छन् । उनीहरुले संविधान संशोधन गरी उत्पीडितको अधिकार स्थापित नगरेसम्म कालो दिनको रुपमा मनाउने बताउँदै आएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले विभेदकारी संविधान संशोधन गरी उत्पीडितहरुको अधिकार स्थापित नगरिएसम्म हरेक साल असोज ३ लाई कालो दिनकै रुपमा मनाउने प्रष्ट पारे । उनले भने, ‘असोज ३ लाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला लगायत सम्पूर्ण उत्पीडितहरुमाथि धोका, षडयन्त्र, जालसाजी र विभेदन गरिएको रुपमा लिएका छौ,’ उनले भने, ‘संविधान संसोधनमार्फत हाम्रो अधिकार स्थापित नभएसम्म कालो दिनकै रुपमा मनाउँछौं ।’

विहीबार दिउँसो ३ बजे विरोभ जलुस प्रदर्शन गर्ने र साँझ ७ देखि साढे ७ बजेसम्म देशभर ब्ल्याकआउट गर्ने कार्यक्रम छ । यसअघि उनीहरुकले संविधानको विरोधमा असोज २५ देखि ३० गतेसम्म देशभर प्रचारप्रसार, अपिल र गोष्ठी कार्यक्रम तथा असोज १ गते दिउँसो देशभर पहिचानसहितको संघीयता उल्लेख भएको प्लेकार्ड, व्यानर बोकेर जुलुस प्रदर्शन गरिसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार