१४४ वर्ष बाँचेर इतिहास बनाएका माँझीको गाँउसम्म पिच सडक !

  नयाँ बुलन्द
0 Shares

इटहरी : १ सय ४४ बर्ष सम्म बाँचेर इतिहास बनाएका वीर नारायण माँझीको गाँउसम्म पिच वाटो पुग्ने भएको छ ।

इटहरी उपमहानगरको वहुबर्षे गौरवको योजना अनुरुप इटहरी ११ भुसकलुवादेखि वीरनारायण माँझीको घर रहेको इटहरी १० आमझोंगीसम्म पुग्ने वीरनारायण मार्ग सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलापूजन गरि शिल्यान्यास गरे ।

डेढ किलोमिटर लामो सो बाटो आगामी बर्ष जेठ ४ गते सम्ममा कालोपत्रे भइसक्ने गरि सम्झौता भएको छ । यो वाटोको शिल्यान्यास सँगै इटहरीमा बहुबर्षे सडक निर्माण सुरु भएको छ । गाँउका ११ मूल वाटोलाई वहुबर्षे सडकका रुपमा उपमहानगरले कालोपत्रे गर्दैछ ।

शिल्यान्साय कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख द्धारिकलाल चौधरीले अन्य सडक निर्माण र महत्वपूर्ण निर्माण परियोजना चाँडैसुरु हुने जानकारी दिए । उनले अव गाँउका जनताले उपमहानगवासीभएको अनुभूत गर्ने विश्वास ब्यक्त गरे ।

प्रमुख चौधरीले सडक निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नहुने दावी गरे । उनले जनताले तिरेको करको कहिल्यै पनि दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए ।

उपप्रमुख लक्ष्मी गौतमले इटहरीको गाँउगाँउका वासिन्दालाई नगरवासी भएको पहिलो अनुभूति दिलाउन गाँउ गाँउमा सडक निर्माण थालिएको बताए । ‘उपमहानगर चौकमा देखिएनन होला हामी गाँउमा छौं’ उनले भने ।

वडा नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीले गाँउका जनता विकासका गति देखेर उत्साहित भएको बताए । वडा नम्वर ११ का वडाध्यक्ष रुपेश चौधरीले ऐतिहाँसिक ब्यक्तित्व वीर नारायण माँझीको नामको वाटो कालोपत्रे हुने भएपछि वडावासी खुशि रहेको जनाए ।

इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार सम्झौता भन्दा अघिनै निर्माण सकिने गरि आजैदेखि निर्माणको कामले तिव्रता लिने छ । वीर नारायण माँझीका पनाती हरी नारायण माँझीले उपमहानगरले यो सडक पीच गर्नु वीर नारायण माँझी प्रति सम्मान भएको अनुभूति गरेको प्रतिक्रिया जनाए ।

इटहरी उपमहानगरका कर्मचारी महेश सुवेदीले २०५४ सालमा जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो नगरपरिषद वीर नारायण माँझीलेनै उदघाटन गरेकोस्मरण गरे ।

अहिले उपमहानगर भएपछिको पहिलो जनप्रतिनिधिले उहाँकै गाँउमा पहिलो वहुवर्षिय योजना शिल्यान्यास भएको बताए । स्थानीय गयादेवी विश्वासले हिलो र धुलोवाट मुक्ति पाउने भएकाले आफूहरु हर्षित भएको बताए ।

वीर नारायण माँझीका पनाती हरीनारायणका अनुसार वीरनारायण माँझीको जन्म विक्रम सम्वत १९१३मा र निधन २०५७ सालमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार