मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुस

  नयाँ बुलन्द
0 Shares

नेपालगञ्ज : नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातकाे प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् ।

बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे थियाे । जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएको बाँके प्रहरीले जनाएको छ । मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

उक्त जहाजमा भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत रहेका थिए । उनकै शुभचिन्तकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । यात्रुले मन्त्री भट्टराई को हो ? भन्दै नाराबाजी गरेको नेपालगन्ज विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए ।

मन्त्रीमाथि हातपातकाे प्रयास भएको जानकारी पाएपछि प्रहरीले रोकेकाले अप्रिय घटना हुन नपाएको भण्डारीले जानकारी दिए । मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।  नयाँ पत्रीका अनलाइन बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार