इलामका उज्जवलको डिस्चार्जका लागि रकम अभाव

  नयाँ बुलन्द
7 Shares

इलाम : इलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ वर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् ।

उनी गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेका थिए । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि अस्पताल ल्याइ पुराउँदा उनको अवस्था निकै गम्भीर रहेको उपचारमा संलग्न सर्जन डाक्टर बासुदेव बास्कोटाले बताए ।

हालसम्म विभिन्न गरी ९ वटा अपरेसन गरिएको र त्यसमध्ये हात, मलद्वार, मुत्रनली फुटेको थियो । उपचारमा संलग्न डाक्टर बास्कोटाका अनुसार मुत्रनलीसँगै मलद्वारको समस्या भएकाले शुरुका दिनमा पेट काटेर ठुलो आन्द्रामार्फत पाइप जोडी दिसा–पिसाब गराए पनि अहिले अपरेसनपछि सुधारहुँदै गइरहेको छ ।

अबको दुई हप्ता भित्रमा डाक्टरले डिस्चार्ज दिने बताइएको छ । हालसम्म उनको उपचारमा १० भन्दा लाख बढी रकम खर्च भइसकेको र उपचारमा लागेको रकममध्ये ट्याक्टर मालिक बिनोद अधिकारीले ५ लाख ७० हजार मात्र दिएको उनका बुबा भुरबहादुर चौहानले बताए ।

उनका अनुसार अस्पतालमा ४ महिनादेखि उपचार गराइरहँदा लाखौँ रकम खर्च भएको र उपचार बापत अस्पताललाई दिने बाँकी रकम अभाव भएको छ । अबको दुई हप्तामा डाक्टरले बिरामीलाई घरलान सक्ने बताएको छ । तर, छोरालाई घर लैजान अस्पतालमा लागेको रकम तिर्न रकम अभावका कारण समस्यामा परेको बुबा चौहान दुखेसो पोख्छन् ।

उनी भन्छन्, ‘छोरालाई त्यस्तो जटिल अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याउन उपचारमा संलग्न डाक्टरको टोलीलाई धन्यवाद दिनु चाहन्छु ।’ उज्जवलको उपचारमा आर्थिक अभाव भएपछि उनी अध्ययनरत विद्यालय नन्द माविबाट ३० हजार रकम सहयोग प्राप्त भएको उनका बुबाले जानकारी दिए ।

अस्पताललाई तिर्नु पर्ने थप रकम अभाव भएपछि सबैसँग सक्दो सहयोगको अपिल गरेका छन् । उनलाई सहयोग गर्नका लागि माछापुच्छ«े बैंकको खाता नं. ३३२२५२४४३३७३१०११ अथवा फोन नं. ९८२४०३३४१२ मा चौहानलाई सम्पर्क गरी सहयोगी हातहरुले सहयोग गर्न सक्नु हुनेछ ।Jhapa online

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार