माङसेबुङ गाउँपालिकाको बजेट ३२ करोड ७२ लाख ९ हजार (हेर्नुहोस् पूर्ण विवरण)

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

इभाङमा मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्षा सुनिता सुब्बाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन ।

सुब्बाले आगामी एक वर्षका लागि ३२ करोड ७२ लाख ९ हजार बराबरको बजेट सार्वजनिक गरिन् ।

जसमध्ये चालु खर्च तर्फ ५ करोड ३० लाख, सशर्त अनुदानतर्फ १५ करोड ८६ लाख, र पुंजीगत खर्चतर्फ १५ करोड ३८ लाख ३२ हजार  बिनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट संघीय सरकार ८ करोड ६१ लाख, प्रदेश सरकार ६९ लाख ७९ हजार बित्तिय समानिकरण अनुदान प्राप्त छ । त्यस्तै संघीय सरकारका तर्फबाट राजस्व बाँडफाँडमा ६ करोड ६६ लाख र प्रदेश सरकार ६१ लाख ३० हजार प्राप्त भएको छ ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट ५० लाख राजस्व संकलन गर्ने लक्ष लिएको गाउँलिकाले जनाएको छ । सो अवधिमा नेपाल सरकारका तर्फबाट ११ करोड १४ लाख शशर्त अनुदान प्राप्त हुनेछ । त्यस्तै  सामाजिक सुरक्षा कार्यक्रम तर्फ ४ करोड र गत आर्थिक वर्षको मौज्दाततर्फ  ५० लाख आम्दानीका रुपमा राखिएको छ ।

त्यसैगरी ‍कूल बजेटमध्ये चालु खर्च तर्फ ७ करोड १० लाख र पूँजीगत खर्चतर्फ १० करोड ४८ लाख ९ हजार प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार