अलैंची प्रशोधन र ललिपप उत्पादन सम्बन्धी छुट्टाछु्ट्टै ७ दिने तालिम सुरु

  नयाँ बुलन्द
0 Shares

इलाम : अलैंची प्रशोधन सम्बन्धी र ललिपप उत्पादन सम्बन्धी सात दिने छुट्टाछुट्टै तालिम इलाममा सुरु भएको छ ।

दुवै तालिम नेपाल घरेलु तथा साना उद्योग महासंघ काठमाडौंको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामको आयोजनामा सुरु भएको हो । दुवै तालिमको उद्घाटन शनिबार एकैसाथ गरिएको हो ।

अलैंची प्रशोधन तालिम इलाम नगरपालिका १ नम्बर वडा कार्यालय नेपालटार साखेजुङमा भइरहेको छ । तालिममा इलाम नगरपालिकाका विभिन्न क्षेत्रका १२ जना सहभागी छन् ।

सहभागीहरुलाई अलैची प्रशोधन केन्द्र फिक्कल पान्धामका वागवनी विकास अधिकृत प्रविणलाल श्रेष्ठ र नायब सुब्बा डिल्ली बोहोराले सहजीकरण गरिरहेका छन् ।

ललिपप उत्पादन तालिम इलाम नगरपालिका ५ धारापानीमा संचालन भइरहेको छ । तालिमको सहजीकरण इलाम ललिपप उद्योगका प्रोपाइटर चन्द्रबहादुर राइले सहजीकरण गरिरहेका छन् ।

कार्यक्रमको उद्घाटन नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता र घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य ऋषिप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार