सरकार नै संस्थागत भ्रष्टचारमा उन्मुख भयो : अर्याल

  नयाँ बुलन्द
0 Shares

इलाम : नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले सरकार अराजक गतिबिधिका साथ अघि बढेको बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समापनका क्रममा काँग्रेस इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्यालले सरकारका काम कारवाहिका कारण आँफै अराजक वन्दै गएकोले देश अहिले अपराधिक मानसिकताले अघि बढेको बताए ।

भ्रष्टाचार र लुटतन्त्रका कारण मुलुक दयानीय अबस्थामा आएको जनाउँदै उहाँले अहिले सरकार आफैं संस्थागत भ्रष्टचारमा लागेको आरोप समेत लगाए । सरकारले प्रेसमाथि नियन्त्रण गर्न खोज्नु, अदालत प्रति हस्तक्षेप गर्नु दुखत रहेको उनको भनाई थियो । सरकार वहुमत वादको दम्बले छापामार शैलीमा अघि वढेको आरोप लगाउँदै नेता अर्यालले सरकारले सबै निकायलाई बन्धक बनाउँन तर्फ उन्मुख भएको उल्लेख गरे ।

अभियानका इलाम प्रतिनिधिका रुपमा इलाम आउनु भएका नेता अर्यालले अभियानका क्रममा इलामका गाउँ गाउँ जाँदा अभियानले नयाँ सन्देश दिएको उल्लेख गरे । वर्तमान सरकारको बितृष्णाले गाउँ गाउँका जनताले काँग्रेस खोजेर बसेको पाइएको उल्लेख गरे । काँग्रेसलाई माया गर्ने सबैले काँग्रेस भित्रको गुट उपगुट अन्त्य गरी बलियो काँग्रेस भन्ने चाहना रहेको पाइएको बताए । नेता अर्यालले यस अभियानले काँग्रेस भित्रको गुटबन्दिको अन्त्य हुने पनि दाबि गरे ।

दुई तिहाईको दम्भ देखाएर बसेको वर्तमान केपि ओलि नेतृत्वको सरकारदेखि जनता आजित भएको र यस सरकारको गतिबिधि बिरुद्ध काँग्रेस सशक्त भएर लाग्न अभियानका क्रममा जनताले सुझाव दिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । फरक एक प्रसंगमा नेता अर्यालले नेपाली काँग्रेस हार्नुमा धेरै कारण रहेपनि प्रमुख कारण भनेको मनोबैज्ञानिक कारण, पार्टीभित्रको अन्तर कलह र तालमेलको अभाव रहेको बताए ।

तर काँग्रेसले चुनाव हारेर देशलाई भने जिताएको उल्लेख गर्दै निर्वाचनमा भोगेको त्यो पराजयको समिक्षा भइसकेको र आउँदो निर्वाचनमा त्यस्तो नहुने र हुन नदिने पनि प्रतिबद्धता जनाए । पार्टी सुदृणिकरण, संगठन मजबुद बनाउन तथा काँग्रेस भित्र रहेको गुनासाहरुलाई बाहिर ल्याइ काँग्रेस अब कसरी अगाडी बढ्ने लगायतका उद्येश्यले केन्द्रिय समितिले यस अभियानको थालनी गरेको हो ।

पहिलो चरणको अभियान ७७ वटै जिल्लामा एक महिनासम्म चलेको हो । अब दोस्रो चरणको अभियान पन्ध्र दिन र तेस्रो चरणको अभियान १० दिनसम्म देशैभरी चल्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार