भ्रष्ट कर्मचारीका कारण कार्यालय बदनाम : मन्त्री अर्याल (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले केही ‘भष्ट’ कर्मचारीको कारण सम्पूर्ण कार्यालय बदनाम हुने गरेको बताएकी छन् । उनले केही कर्मचारीले आर्थिक हिनामिना गर्नाले कार्यालय र राष्ट्रसेवक कर्मचारी नै त्यसको भागी हुनु परेको उल्लेख गरिन् ।

आज इलामको मालपोत कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री अर्यालले थोरै रकमका लागि राष्ट्र सेवक कर्मचारीले आफ्नो वदनाम नगर्न आग्रह गरेका छन् । पछिल्लो समय मालपोत कार्यालय समेत डिजिटल प्रक्रियामा जाँदै गरेकाले यो प्रक्रिया सहज र सरल हुने मन्त्री अर्यालले दाबी गरिन् ।

कम कर्मचारीले नै यो प्रक्रियाबाट काम गर्न सक्ने सेवाग्राही आफैले पनि काम गर्न सक्ने भएकाले लेखापढी व्यवसायी(विचौलिया)को काम पनि कम पर्ने गरेको उनले बताइन् । सेवाग्राही आफैले काम गर्ने भएकाले केही लेखापढी व्यवसायी ‘आफ्नो जागिर जाने भयो’ भन्दै आत्तिन थालेको मन्त्री अर्यालले जानकारी दिइन् ।

विकशित देशमा क्याबिनेट मन्त्रीको अफिस दुई कोठाको हुने र एउटा कम्प्युटरले सबै कार्यालय चलाउन सकिने समयमा हामी भनेर कागजी ठड्डाबाटै काम गर्नुपरेको दुःख व्यक्त गरिन् ।

उनले जनताको सबै सम्पत्ति भएको मालपोत फारामलाई कर्मचारी र स्वयम् जग्गा धनीले मात्र हुर्न पाउने र अन्य विचौलियाले हेर्न नपाउने गरि काम गर्दै रहेको बताइन् । ‘जनताको सम्पत्ति भएको कागजपत्र जो कोहीले हेर्न पाउँनु हुँदैन । लेखापढीमा काम गर्ने साथीहरू जताजतै प्रयोग गर्नुहुन्छ । त्यो कागज हरायो भने को जवाफेदेही हुन्छ ।’ अर्यालले भनिन्,‘कानून पढेका लेखापढी व्यवसायीलाई मालपोतको काम मात्र अपरिहार्य होइन । अनेक विकल्प छन् ।’

कार्यक्रममा भूमि, व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीले अपाङ्गता भएका वा पहुँचमा नपुगेका सबै सेवाग्राहीलाई सहज तरिकाले सेवा दिनका लागि पछिल्लो समय जनता मुखी कार्यालय निर्माण गर्दै रहेको बताए । उनले इलामको नवनिर्मित मालपोत भवन प्रदेश १ कै नमूना भवन रहेको उल्लेख गरे । उनले सधै कार्यालयमा भीड लागेर सेवा लिनु पर्ने सेवाग्राहीलाई त्यो झण्झटबाट मुक्त गर्न अनलाइन पद्धति पनि ल्याइएको बताए । महानिर्देशक दवाडीले अब सेवाग्राहीले मालपोतमा जग्गा कारोबार गर्न घरबाटै फाराम भर्ने व्यवस्था ल्याइएको पनि उल्लेख गरे ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार