खेलकुदको विकास गर्न राज्य लागि परेको : नेम्वाङ

  नयाँ बुलन्द
0 Shares

इलाम : नेकपाका नेता सुवासचन्द्र नेम्वाङले खेलकुदको विकास गर्न राज्य लागि परेको वताएका छन ।

देउमाई नगरपालिकाको मंगलबारेमा आज देउमाई गोल्डकपको उद्घाटन पछि उनले यस्तो वताएका हुन  ।
आफु विद्यालयमा पढ्दा खुव फूटवल खेलेको स्मरण गर्दै उनले आफूलाई फूटवल खेल असाध्यै मन पर्ने वताए ।

आफुले निर्वाचन जितेको यस स्थानमा आउँदा उनले कुनै राजनिति चर्चा गरेनन  । उनले भाषण भन्दा पनि दर्शकहरुलाई खेल नै हेर्न हतार भएकाले आफुले छोटो भाषण गरेको वताए ।

खेलको उद्घाटनमा देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेल, इलाम नगरपालिकाका मेयर महेश वस्नेत लगायत जनप्रतिनिधि र स्थानियको उल्लेख्य उपस्थिती रहेको थियो ।

आजबाट सुरु प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार