माईपोखरीमा भएको आगलागीबाट १ करोड ४० लाखको क्षति (भिडियो सहित)

इलामको माईपोखरी बजारमा भएको आगलागी ।

इलाम : इलामको धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भएको आगलागीबाट एक करोड ४० लाख बराबरको क्षति भएको छ ।

सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी बजारमा दिउँसो १ भएको आगलागीबाट माइपोखरी प्रवेशद्वार अगाडिका चारवटा घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् ।

स्थानीय चक्र मुखियाको भान्छा घरबाट सुरु भएको आगलागीबाट यो समाचार तयार पार्दासम्म कमल मुखिया, नीमदोर्जे शेर्पा र लाक्पा शेर्पाको घर जलेर ध्वस्त भएको हो । घरसँगै धनमाल, गरगहना, लत्ताकपडा, अन्नपात, भाँडापर्तनलगायत जलेर सो परिमाणको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

साथै आगलागीबाट स्थानीय माईपोखरी धार्मिक वनमा समेत क्षति पुगेको थियो । आगलागी नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा २ घण्टापछि नियन्त्रणमा आएको थियो ।

यसरी जल्यो घर, भिडियो हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार