कांग्रेस प्रतिपक्ष हैन प्रमुख पक्ष हो : गगन थापा 

इलाम : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभुत कुरा पनि सम्वोधन गर्न नसकेको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले आज सदरमुकाममा गरेको अन्तरक्रिया कार्यक्रममामा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।
देशमा दण्डहिनता बडेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन नसकेको धारणा ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसले हालको ब्यवस्था ल्याउन र राज्य पुनरसंरचनामा लैजान प्रमुख भुमिका खेले पनि दलहरुको बैचारिक सिद्धान्त त्यागका कारण कांग्रेस बाहिर बस्नु परेको वताउँदै उहाँले कार्यकर्तालाई निराशा नहुन आग्रह गर्नुभयो ।
नेपाली काग्रेस प्रतिपक्ष नभई संविधान कार्यन्वयनको प्रमुख पक्ष भएको धारणा राख्दै उहाँले सरकारका गल्ति सुर्धान कांग्रेस सँधै खरो रुपमा प्रस्तुत हुने वताउनुभयो ।
सरकारले हाल जे गरेपनि हालको ब्यवस्था ठिक रहेको र ब्यवस्था बदल्ने तिर जान नहुने तर्क उहाँले राख्नुभयो । सरकारको गतिविधिले नेकपालाई मत दिने जनता आफैँ आज पछुतो मान्न थालेको वताउँदै उहाँले पुन कांग्रेस तर्फ जनताको आकर्षण वढेको उहाँको तर्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार