राजदुवाली,सुखानी शनिश्चिरे सडक कालोपत्रे हुने

  नयाँ बुलन्द
0 Shares

इलाम :  झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ ।

मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो ।

झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८ किलोमिटर पार गर्नुपर्ने भए पनि यो सडक बनेमा ५३ किलोमिटरमा यात्रापछि इलाम पुगिनेछ ।

झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ यात्रा गर्न छिटो हुने सडकलाई बहुवर्षे ठेक्कामार्फत कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढेको माई नगरपालिका प्रमुख दीपक थेवेले बताए ।

इलामको राजदुवालीको माईपुलदेखि मेचीराजमार्गमा जोड्ने सडक कालोपत्रेका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ४ करोड विनियोजन भएको छ ।

ट्र्याक निर्माण भएको पाँच दशकपछि सडक कालोपत्रेका लागि प्रदेश सरकारले कालोपत्रेको योजना अघि सारेको इलाम क्षेत्र नं २ ‘ख’ धीरेन्द्र शर्मा ‘रमण’ ले बताए ।

३७ किमी सडक निर्माणका रु एक अर्ब १५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । लामो सडक र ठूलो बजेट खर्च हुने भएकाले सबै नेपाली निर्माण व्यवसायीको क्षमता नभएकाले प्याकेज छुट्याएर निर्माणको काम अघि बढाउने पूर्वाधार विकास कार्यालयका डिभिजन प्रमुख राजेश कर्णले बताए ।

चार वटा प्याकजेमा ३७ किमीलाई छुट्टयाएर पहिलो चरणमा १० किमीको बहुवर्षे ठेक्का स्वीकृत गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार