सामुदायिक सिकाइ केन्द्रहरु समस्यामा

धनकुटा : बजेट अभाव भएपछि धनकुटाको साँगरीगढी गाउँपालिकामा सञ्चालित सामुदायिक सिकाइ केन्द्रहरु समस्यामा परेका छन् ।

गत साउत यता सञ्चालन खर्च नआउँदा गाउँपालिकामा सञ्चालित ७ सामुदायिक सिकाइ केन्द्र समस्यामा परेका हुन् । एक केन्द्रका लागि बार्षिक एक लाख रुपैयाँ निर्धारण गरिएको छ । जसबाट कार्यालय व्यवस्थापनका साथै विभिन्न पुस्तक पत्रपत्रिका खरिद गर्ने गरिएको छ ।

गत आर्थिक वर्षसम्म जिल्ला शिक्षा समन्वय समितिले खर्च निकासा गर्दै आएकोमा यो बर्षवाट स्थानीय तहले खर्च बेहोर्ने शिक्षा समन्वय समितिले जनाएको छ ।

यता, गाउँपालिकाले भने कुन शीर्षकबाट खर्च गर्ने भन्ने कुरा नै टुंगो नभएको जनाएको छ । रकम निकासा नहुँदा सञ्चालनमा समस्या परेको ध्बजे डाँडा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार