उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

  नयाँ बुलन्द
0 Shares

भक्तपुर : भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार झण्डै १६ लाख बराबरकाे चोरी भएको छ ।

सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधिको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले ढोका फोडेर भएको चोरीको निन्दा गरेका छन् । साथै यथासीघ्र अनुसन्धान गरी चोरी गर्नेलाई नियन्त्रणमा लिन मागसमेत गरेको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार