चन्द्रपुर : पेस्तोलसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मतीमा लागेको हरिबोधनी एकादशी मेलामा पुगेका गुजरा नगरपालिका–१ निवासी ३१ वर्षीय विशाल धामी र २० वर्षीय मुन्ना धामी पेस्तोलसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले एक थान पेस्तोल र सोमा लाग्ने दुई थान गोली बरामद गरेको छ । मेलामा पुगेका ती युवकले स्थानीय युवतीलाई पेस्तोल देखाएपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएका दुवैमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक युवराज खडकाले बताए ।