राँके-रबिमा केवुल नेटवर्कको लाइन धमाधम बिस्तार

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम/पाँचथर : राँके देखि रबि बजार सम्म अप्टिकल फाइबर एचपीआर ६ कोर हाइस्पिड केबुल बिस्तार धमाधम भइरहेको छ।
लाइन विस्तारको लागि सुर्योदय टेलिभिजनका संचालक मनोज उप्रेतीले बोर्डलिङ्क कम्पनी संग गरेको सम्झौता अनुसार आफ्नो निजि लगानी १५ लाख रुपैयाँमा यस क्षेत्रको लाइन बिस्तार गर्न सुरु गरेको लगानिकर्ता पल मगरले जानकारी दिए।
ग्राहकको माग अनुसारको हरेक पोलको मुनि डिष्ट्रि ब्युसनबोर्ड राखी २ कोरको केवुल जोडिने छ।यस लाइनबाट दुवै जिल्लाका महत्त्वपूर्ण सिमावर्ती बजार राँके,देउराली,पुरानो पञ्चमी,घुर्बिसे पञ्चमी,दशमी,उत्तरे,सप्तमी र रबि तथा आसपासका मानिसले सुविधा लिन सक्ने छन्।
जन चाहना अनुसार कार्तिक महिनाको अन्तिम हप्ता सम्ममा ईन्टरनेट र टेलिभिजन च्यानल लाइन चालू गरिने मगरले बताए।

पाँचथरको दक्षिण पुर्वमा करिब तीन बर्ष देखि संचालित ‘रेडियो रबि ‘सोलार पावरले संचालन हुँदै आएको छ। नेट्वोर्कको पहुँच नहुँदा कठिनाइ भाग्दै आएको बताउँछिन् स्टेशन म्यानेजर बन्दना खालिङ।

यस क्षेत्रमा हाइड्रोपावर र ईन्टरनेट सेवाको पर्खाइमा बसेका नागरिकले सेवा सुचारु भएपछि संचारमा एक कदम अघि बढ्ने आकाँक्षा बोकेका छन्।

विश्वको ईन्टरनेट रफ्तार संगै २१औं शाब्दिमा नेपाल पनि यस्को आवश्यकता दिनानुदिन अघि बढ्न थालेको छ।
संचारको महत्त्व बढे संगै पहाडी क्षेत्रहरूमा टेलिभिजन र नेटवर्कको सुविधाका लागि विभिन्न कम्पनीहरुले केवुल नेटवर्कको लाइन विस्तार गर्न शुरु गरेका छन्।
मिठो खानु भन्दा राम्रो लाउने र ईन्टरनेट सुविधा अपरिहार्य भएको आम मानिसको अभिरुचि रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार