इलाम : इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखी धार्मिक तथा पर्यटकिय हिसावले उतृकृष्ठ गन्तब्य मानिन्छ । दशेँे लागे सँगै दैनिक सयौँ भक्तनहरु जाने गरेका भएपनि यहाँ पुग्ने पक्की सडक र भौतिक पुर्वाधारको कमी हुँदा भक्तनहरुलाई समस्या हुने गरेको छ ।
धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखी इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा पर्दछ । चार खोलको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा पर्दछ पर्दछ गजुरमुखी । बागबिर लिम्बूले गजुरमुखीको पत्तालगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको पाइन्छ । यसको उत्पतीकरिव २ सय ५० वर्ष अगाडी भएको किम्मदन्ती छ ।
विशेष गरेर यहाँ निसन्तानहरु सन्तानमाग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जन विश्वास भनेर यहाँ आउने गर्छन । गजुरमुखी धाम पुगेर जे मागो त्यही पुरा हुने विश्वासले पटक पटक दर्शन गर्न आउने गर्छन ।
शनिवार र मंगलबार विशेष भक्तजनहरुको घुइँचो लाग्ने यहाँ छेवैमा रहेको देउमाई खोला किनारामा कात्तिके पुर्णीमामा ठुलो मेला समेत लाग्ने गरेको छ । धार्मिक र पर्यटकिय हिसावले जिल्लाकै अब्बल स्थान मानिने गजुरमुखी धाम पुग्नलाइ भौतिकपुर्वाधार र पक्की सडक निर्माणमा चासो दिने हो भने दैनिक हजारौँ पर्यटक भित्रिन सक्छन । नेपाल बाट मात्र हैन भारतको सिक्किम, दार्जिलिङ, भुटान लगायतका देशहरुबाट पनि भक्तजनहरु आउने गरेका छन् ।



















































