जिर्मले : किसानले फलाएको अलैची सुकाउने आधुनिक भट्टी किसानको पहुच सम्म पुग्न नसकेको कारण किसानहरु अलैची सुकाउने परंपरागत भट्टी नै प्रयोग गरिरहेका छन् ।
आधुनिक भट्टीमा अलैची सुकाउदा कम दाउराको प्रयोग गरेर धेरै अलैची सुकाउन सकिने र अलैचीको गुणस्तर समेत राम्रो हुने सुनेका धेरै किसानहरुले न त यसको प्रयोग नै गरेका छन् न त देखेका सम्म नै छन् तथापी जोखिम मोलेर पुरानै भटु्टीमा अलैची सुकाउदै आएका छन् ।
किसानले परंपरागत भट्टीमा अलैची सुकाउदा एक मन सुख्खा अलैची उत्पादन गर्न करिव पाच सय के जी दाउराको प्रयोग गर्ने गरेका छन् भने सोझै आगोको तापले सुकाउदा अलैचीको गुणस्तर समेत बिग्रने त छदैछ हतारमा अलैची सुकाउन धेरै आगो बाल्दा कहिले काही त आगलागीको जोखिम समेत हुने गरेको छ ।
एकातिर धेरै दाउरा बाल्दा हुने बन बिनास र अर्कोतिर आगोमा सुकाउदा अलैचीमा हुनुपर्ने गुणहरु समेत नास हुन्छ भन्जने बुझेका किसानहरुको लागि अलैचीको गुणस्त सुधार गराएर बिश्व बजारको मागअनुसारको उत्पादन गराएर बजारीकरण गर्न आधुनिक अलैची सुकाउने प्रबिधि र आधुनिक भट्टीहरुको निमाण गाउ गाउसम्म गर्न नसक्दा किसानहरु पुरानै प्रबृत्ति दोहोर्याउन बाध्य भएका हुन् ।
कृषि प्रधान मुलुक नेपाल र नेपालकै सबैभन्दा बढी निर्यात जन्य बस्तु अलैचीको गुणस्त सुधार गरेर बिश्व बजारसम्म लैजाने राजनितिक दलहरुले नारा घनकाएपनि अहिले सम्म इलामै अलैची किसानहरुले यसको अनुभु्ती गर्न नपाएको रोङ ६ जिर्मलेको अलैची किसान इन्द्र प्रधानको भनाइ रहेको छ ।
यता अलैची बिकास केनद्र इलामले बिभिन्न आधुनिक प्रकारका भट्टीहरु र जसमा पनि करिव पाच मन काचै अलैची छयालीस केजी दाउराको भरमा दुइघण्टामा सुकाउन सकिने ग्याक्सी फायरू भट्टीको बिकास गरेको वताएपनि भट्टी निमार्णमा किसानको पहुन नरहेको र कुनै पनि तहको सरकारले यस बारेमा ध्यान नदिएको किसानहरुको भनाइ रहेको छ ।
कृषि बाटनै आर्थिक समृद्धिको आस गरेको सरकारले किसानको कुरा भाषणमा मात्र हैन ब्यबहारमा पनि देखाउन सके परंपरागत अलैची खेतीको बिकास सगै नेपालमा उत्पादित अलैचीले बिश्व बजारमा गुणस्तर कायम गरि नागरिकको आय आर्जन बढाउन सक्ने र सरकाररको लक्ष्य समेत पुरा हुने जानकारहरुको बिश्लेषण रहेको छ ।