छोराको हत्यारालाई कारवाही माग राख्दै बाबु चितवनमा

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चितवन : आफ्ना छोराको हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग राख्दै बाग्लुङ्ग ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तीबाङका बाबु निमबहादुर जिसीका चितवन आइपुगेका छन् ।

२२ वर्षीय संगीन जिसीको रहस्मय हत्या भएको भन्दै बाबू निमबहादुरले छानबिनको माग राख्दै चितवनका प्रजिअ मार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा छोरा संगीन भदौं १० गते काठमाडौंको सानोभर्‍याङको एक डेरा घरबाट बेपत्ता भएको र पछि खोजी गर्दै जाँदा एक हप्तापछि विभत्स तरिकाले मारेर फालेको अवस्थामा भदौं १७ गते स्वयम्भुको जंगलमा भेटिएको उल्लेख गरिएको छ ।

उनीहरुले ज्ञापनपत्रमा गृहमन्त्री रामबहादुर थापाले संगीनको हत्या नभई आत्महत्या हो भनेर दिएको बयानले आफूहरुलाई झनै स्तब्ध बनाएको पनि बताएका छन् । मृतकका आफन्ततले बताए अनुसार दाङ स्थायी घर भई ललितपुरको धोविघाटमा बस्ने वर्ष २२ को सिम्रन चौधरीसँग मृतक जिसीको विगत ४, ५ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उनीसँग पछिल्लो समयमा बढ्दै गएको कटुताले नै जिसीको हत्या भएको ठहर पारिवारिक स्रोतले गरेको छ ।

किटानी जाहेरी सहित प्रहरीमा निवेदन दिँदा पनि प्रहरीले छानबिनमा बेवास्ता गरेकोले यथाशिघ्र रूपमा छानबिनको लागि ज्ञापनपत्र बुझानुपरेको आफन्तहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार