धनकुटा : स्थानिय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनको लागि धनकुटामा नेपालमै पहिलो पहिलोपटक औधोगिक ग्राम स्थापना गरिएको छ । तर औधोगिक ग्राम सञ्चालनको कार्यबिधि नबन्दा पहिलो चरणका भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन ।
उद्योग स्थापनाको लागि धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरियो । तर लामो समय सम्म कुनैपनी उद्योग स्थापना हुन नसक्दा संरक्षण अभावका कारण अधिग्रहण गरिएको जग्गा बेवारीसे बन्यो । अन्तत औधोगिक ब्यबस्थापन लिमिटेडको स्वामिप्तोमा रहेको जग्गा औधोगिक ग्रामको नाममा ल्याएर औधोगिक ग्राम स्थापनाको तयारी गरियो । पहिलो चरणमा सुर्खेत र धनकुटामा औधोगिक ग्राम स्थापनाको तयारी गरिएपनि धनकुटामा भने पहिलो चरणको भवन निर्माण भइसकेको छ । यो सञ्चालनमा आएपछि पुर्बिपहाडको घरेलु तथा साना उद्योगको प्रबर्दनमा टेवा पुग्ने घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यलय धनकुटाका प्रमुख दिपक पौडेले बताए ।
हाल सम्म करिब ४ करोड रुपैयाको लागतमा औधोगिक ग्रामको ४८ मध्ये पहिलो चरणमा १३ वटा ब्लक निर्माण गरिएको छ । त्यस्तै पहुच मार्ग, पर्खाल, गेट, दुइ वटा टुवाइलेट बाथरुम, नालि र पानी ट्याङ्की निर्माण गरिएको छ । अब थप दुइ चरणमा गरि थप ३५ ब्लक निर्माण हुने छन् । जहा साना उद्योग, आवास, बिक्रि कक्ष, बाल केयर सेन्टर, स्वास्थ्य सेवा लगायतको सबै सेबा औधोगिक ग्राम भित्रै उपलब्ध हुने छ । जग्गा अधिग्रहणको लामो समय पछि पुर्बाधार निर्माण भएपछि स्थानिय बासिन्दा तथा उद्यमी समेत खुसी बनेका छन् । स्थानियले रोजगार पाउने तथा धेरै उद्योग एकै ठाउमा एकत्रृत हुदा धेरै फाइदा पुग्ने स्थानिय उद्यमी कबिता कन्दङ्वाले बताए।
तर औधोगिक ग्रामको पहिलो चरणको काम सम्पन्न हुदा समेत सञ्चालन कार्यबिधि निर्माण हुन सकेको छैन । औधोगिक ग्राम कसको मातहतमा रहने भन्ने आन्यौलताका कारण कार्यबिधि बन्न नकेको हो । जसका कारण पहिलो चरणमा सम्पन्न भएका भबन समेत सञ्चालनमा आउन सकेको छैन । अहिले त सरकारले एक स्थानिय तह एक औधोगिक ग्रामको नारा अघि सारेको छ । तर यो नारा अगाबै निर्माण सुरु गरिएको औधोगिक ग्राम तत्काल कार्य सञ्चालन बिधि निर्माण गरि सञ्चालन गर्न आबश्यक छ । यसले पुर्बिपहाडका साना उद्योगको प्रबर्दन गर्ने त छनै साथै नेपालकै पहिलो र नमुना औधोगिक ग्राम बन्नेमा समेत दुइमत छैन ।