इलाम : इलाम नगरपालिका १० गोदकस्थित नन्द माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी २९ औं राष्ट्रिय बाल दिवस २०७५ मनाएको छ ।
नन्द माविले बाल दिवसको अवसरमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गर्यो । ‘सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने मूल नाराका साथ नन्द माविले कविता लेखन तथा वाचन, हिसाब दौड, बेलुन फुटाई, हाजिरीजवाफ र भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।
सबै विधाका प्रतियोगितामा इलाम नगरपालिका १० का सातवटा विद्यालयले सहभागीता जनाएका थिए । कार्यक्रममा नन्द माध्यमिक विद्यालय, पूर्णस्मारक माध्यमिक विद्यालय, जनकल्याण आधारभूत विद्यालय, नारायण आधारभूत विद्यालय, महमाय आधारभूत विद्यालय, जलकन्या आधारभूत विद्यालय र हरीहर मेमोरियल आवसीय स्कूलले सहभागिता जनाएका थिए ।
प्रतियोगिता अन्तरगत कविता लेखन तथा वाचनमा नन्द माविकी सन्ध्या राई (कक्षा-१०) प्रथम, पूर्ण स्मारक माविकी लक्ष्मी श्रेष्ठ (कक्षा-९) द्वितीय र पूर्णस्मारक माविकै पुजन उप्रेती (कक्षा-९) तृतीय भए ।
हिसाब दौड (१-५) मा छात्रतर्फ नन्द माविका सौगात राई (कक्षा-५) प्रथम, नारायण आविका ददिराम दवाडि (कक्षा-५) द्वितीय र हरीरहर मेमोरियल स्कूलका निगम राई (कक्षा-५) तृतीय भए । त्यसैगरी छात्रातर्फ हरीहर मेमोरियल स्कूलकी अविसा राई (कक्षा-४) प्रथम, जलकन्या आविका मनिषा पाख्रिन द्वितीय र नन्द माविकी सुनिला मगर (कक्षा-५) ले तृतीय स्थान हासिल गरे ।
हाजिरीजवाफतर्फ हरीहर मेमोरियल स्कूल (ज्याकोव राई, श्रृष्टिका खतिवडा र डिम्पल तामाङ) प्रथम, जनकल्याण आवि (प्रसान्त सुब्बा, मनिसा सिँजाली र आयुस राई) द्वितीय र नन्द मावि (सम्झना रम्तेल, मनोज रम्तेल र मनिसा मगर) तृतीय भए ।
बेलुन फुटाई (१-५) मा छात्रतर्फ नारायण आवि जनक मगर (कक्षा-५) प्रथम, पूर्ण स्मारक माविका विशाल रसाइली (कक्षा-४) द्वितीय र नारायण आविका महेश लाप्चा (कक्षा-५) तृतीय भए । त्यस्तै छात्रातर्फ नन्द माविकी विनिता विश्वकर्मा (कक्षा-४) प्रथम, महमाया आविकी ममता कार्की (कक्षा-४) र पूर्णस्मारक माविका टीका विसुङ्खे (कक्षा-५) तृतीय भए ।
भलिबलतर्फ पूर्ण स्मारक मावि प्रथम, नन्द मावि द्वितीय र हरीहर मेमोरियल स्कूल तृतीय भए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षता र धर्ममणी गौतम कार्यवाहक वडा अध्यक्ष तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्ममणी गौतमप्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले बाल अधिकारको कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रमको स्वागत मन्तव्य शिक्षक ऋषि पौड्याल र सञ्चालन शिक्षक राजेन्द्र चौहानले गरेका थिए ।