बजेट माग गर्दै आदिवासी जनजातिद्वारा नगरपालिकामा ज्ञापनपत्र

  नयाँ बुलन्द
0 Shares

ज्ञापनपत्र बुझाउँदै नेपाल आदिवासी जनजाति महासंघ माईनगर समन्वय परिषदका अध्यक्ष वीरु पापो र ग्रहण गर्दै नगरप्रमुख दीपककुमार थेवे ।

इलाम : नेपाल आदिवासी जनजाति महासंघ माई नगर समन्वय परिषदले आदिवासी जनजातिको क्षेत्रमा बजेट विनियोजनको माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

नगरको बजेट, नीति तथा कार्यक्रम जर्तुमा गर्दा आदिवासी जनजातिको क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै बुधबार आदिवासी जनजाति महासंघले विभिन्न ४ बुँदे मागसहितको ज्ञापनपत्र नगरप्रमुख दीपकुमार थेवेलाई पेश गरेको हो ।

महासंघले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न कानुनले गरेको व्यवस्था बमोजिम लैंगिक समानता तथा सामिजक समावेशीकरण अन्तरगत नगरबाट आदिवासी जनजातिका क्षेत्रमा बजेट विनियोजन गरिनुपर्ने,  वडाको बजेट सिलिङबाट समेत आदिवासी जनजातिको क्षेत्रमा बजेट विनियोजन गरिनुपर्ने, नगरपालिकाको समृद्ध कोषमा रहेको रकम नगरस्तरीय आदिवासी जनजातिहरुलाई कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघलाई विनियोजन गर्नुपर्ने र चालु आर्थिक वर्ष २०७५/०७६ का लागि समेत आदिवासी जनजातिको क्षेत्रमा बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

महासंघले आफ्ना मागहरु पूरा नगरिए कानुनी उपचारका लागि सम्बन्धित निकायमा जाने चेतावनी समेत दिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख दीपककुमार थेवेले आदिवासी जनजातिको क्षेत्रमा बजेट विनियोजन गर्न प्रतिवद्धता जनाएको नेपाल आदिवासी जनजाति महासंघ माई नगर समन्वय परिषदका अध्यक्ष वीरु पापोले जानकारी दिए ।

माई नगरपालिकाले गत आर्थिक वर्ष २०७४।०७५ र चालु आव २०७५।०७६ मा समेत आदिवासी जनजातिको क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै आदिवासी जनजातिहरु रुष्ट बनेका छन् ।

कतिपय स्थानीय तहले बजेट तर्जुमा गर्दा लैंगिक समानता तथा सामाजिक समावेशीकरण अन्तरगत महिला, बालबालिका, आदिवासी जनजाति, दलित, अपाङ्ग, ज्येष्ठ नागरिक, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत लगायतको क्षेत्रमा बजेट विनियोजन नगरेको गुनासो सम्बन्धित सरोकारवालाहरुले गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार