लाखौं मूल्यको भन्सार छली ल्याएका कपडा सहित ट्रक पक्राउ

  नयाँ बुलन्द
0 Shares

चितवन : चितवन प्रहरीले भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रक आइतबार भरतपुरको गोन्द्राङ्गबाट नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ३ ख ४३५९ नम्वरको ट्रक सहित भन्सार छलेका र न्यून विजीकरण गरी ल्याइएका लाखौं मुल्य बराबरको कपडाहरु सहित चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

विभिन्न ब्यक्तिहरुको सेटिङ्गमा कम भन्सार तिरेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार १२ लाख ९८ हजारको न्यून बिजीकरणमा देखिएको उक्त कपडाको मात्रा हेर्दा र त्यसको बजार मुल्यलाई हेर्दा त्यसको १० गुणा हुन आउने बताए ।

‘नियन्त्रणमा लिइएको उक्त ट्रकमा लोड गरिएको कपडाहरु राजधानीका विभिन्न पसलहरुको नाममा ल्याइएको फेला पारेका छौँ’ उनले भने, ‘हामीले बरामद गरिएको ट्रकसहितका समान पुनः भन्सार चलान गर्ने तयारी गरेका छौं ।’ भन्सार छली समान मगाउने ब्यापारीहरुमाथि समेत आवश्यक रूपमा अनुसन्धान भइरहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जिल्ला भएर राजधानी र राजधानी भएर चितवन हुँदै अन्यत्र ठाउँ जान चितवन मुख्य राजमार्ग भएकोले चाडपर्वका बेलामा हुन सक्ने भन्सार छली, चोरी पैठारी र कालोबजारी एवं ठगी जस्ता घट्ना चितवन प्रहरी आक्रमक भइ लागिपरेको समेत बताए ।

साथै, उनले यसको लागि एउटा छुट्टै प्रहरी टोली नै खडा गरेर शान्तिसुरक्षाको सुव्यवस्था कायम गर्न मातहतका सबै युनिटलाइ निर्देशन समेत दिइसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार