इलाम : सूर्योदय विकास संस्थाले इलामको देउमाई नगरपालिामा रहेको लक्ष्मि आधारभुत विद्यालयमा आइतबार एक सय थाव रुद्राक्षका विरुवा रोपेको छ । जिल्ला वनस्पती अनुसन्धान केन्द्र इलामले उपलब्ध गराएको सो विरुवा विद्यालयको जमिनमा रोपिएको हो ।
मालाको रुपमा प्रयोग गरिने रुद्राक्षको फल महंगो र धार्मिक हिसावले समेत महत्वपुर्ण मानिन्छ । रुद्राक्ष सँगै स्थानिय उत्तिस र मलातो जातका विरुवा समेत रोपएको संस्थाका अध्यक्ष प्रवेश पराजुलीले जानकारी दिए ।
वातावरण सन्तुलन र विद्यालयलाई आर्थिक रुपमा पनि सक्षम वनाउन विरुवा रोपिएको अध्यक्ष पराजुलीको भनाई छ ।
बृक्षा रोपण पुर्व औपचारिक कार्यक्रम समेत भएको थियो । संस्थाका अध्यक्ष पराजुलीको अध्यक्षता तथा समाजसेवी तथा पूर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कुलप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न् कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रिसी पराजुली, पूर्व प्रअ होमनाथ बराल समाजसेवी खगेन्द्र पोख्रेल लगायतले मन्तब्य राख्दै विद्यालयको खालि जमिन सदुपयोग समेत भएको वताएका थिए ।
बृक्षारोपणमा करिव ५० जनाको सहभागिता रहेको थियो ।