पाँचथर : पाँचथरको फिदिम नगरपालिका– १ फिदिम बजारका ९ वर्षीय डेनिस उप्रेतीलाई खोलाले बगाएको छ । फिदिम वजारमा व्यवसाय गरी बस्दै आएका राजेन्द्र उप्रेतीका छोरा ९ बर्षीय डेनिस उप्रेतीलाई हेवाखोलाले बगाएर बेपत्ता बनाएको हो ।
हेवाखोलामा जनै पुर्णिमा दिन नुहाउन जाँदा ढुंगामा चिप्लिएर उनी भेलमा पुगेका थिए । खोलामा बाढी आएको थियो । बिहानै जनै फेर्न जनै फेर्न बाबुछोरासंगै खोलामा गएका थिए । हिलिहाङ गाउपालिका– ५ का उनी नयाँ नमुना मावि कक्षा एकमा अध्ययनरत् थिए ।
हेवाखोला र फेमे खोलाको दोभान नजिकै नुहाउने क्रममा डेनिसलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । बालकको खोजि कार्य जारी रहेको जनाइएको छ । राजेन्द्रले छोरालाई समाउन धेरै प्रयत्न गरेको तर सफल नभएको प्रतक्ष्यदर्शिले बताएका छन् ।



















































