इलाम : समाजवादी विद्यार्थी फोरम नेपालको प्रथम एकताको महाधिवेशनलाई लक्षित गरी इलाममा रामकुमार लिङदमको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन भएको छ ।
संघीय समाजवादी फोरम नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बिनोद नेम्वाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले दोस्रो जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको हो ।
समितिका सहसंयोजकमा रोचक लिम्बू र पबित्रा राई तथा सदस्य सचिवमा शिल्पा राई चयन भएका छन् ।
सदस्यहरुमा बिपन लिम्बू, भीष्म मुखिया, तारावीर लिम्बू, सृस्टि खापुङ, रमिला राई, सुमन लिम्बू, पुस्पा फत्र, अ्मृता राई, सन्जय चेम्जोङ, तेन्जिङ यल्मो, अ्मृता सुनुवार, बिक्रम राई, शान्ता लिम्बू, रमेश राई, प्रतिक्षा राई, बिनिता राई, बिनिता लिम्बू, ओपेन्द्र राई, पुरन साँवा, सुजन आङ्बोहाङ, सुजन तामाङ, सन्तोस लिङ्दम, मनकुमार राई छन् ।
त्यस्तै खगेन्द्र राई, सबिन राई, लाओतहाङ तुम्वापो, कमल लिम्बू, दिपेस लिम्बू, ज्योती सम्बाहाङफे, मनिसा लावती, दिपा फत्र, गङ्गा लिम्बू, राजकुमार राई, साबित्रा लम्साल, रामवीर लिम्बू, सबिन तामाङ, पुर्ण येक्तेन, मेनुका राई, विशाल राई, निरुपा राई, आशिष राई र सजना राई चयन भएका छन् ।
यसैबीच पुरन साँवाको संयोजक र सञ्जय चेम्जोङ सदस्य सचिव रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस समिति दोस्रो अधिवेशन आयोजक समिति गठन भएको समाजवादी विद्यार्थी फोरम इलामका संयोजक रामकुमार लिङदमले जानकारी दिए ।