बेग्लाबेग्लै दुर्घटनामा २ जना घाइते

नयाँ बुलन्द

सुनसरी : सुनसरीको बेग्लाबेग्लै स्थानमा आईतबार राती भएको सवारी दुर्घटनामा २ जना व्यक्ति घाइते भएका छन् ।

सुनसरी ईनरुवा नगरपालिका-३ स्थित भित्री सडक खण्डमा को२प १४३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा मोटरसाइकल चालक ईनरुवा नगरपालिका-३ बस्ने वर्ष ४० को मनोज शर्मा घाईते भएका छन् । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा राती १ बजे मिनी ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २६२७ नम्बरको मिनी ट्रक सडक किनारमा रहेको रुखमा ठोक्किदा सोही ट्रकका चालक मोरङ कानेपोखरी नगरपालिका-७ बस्ने वर्ष ३७ को भवानी प्रसाद ढुगाना घाइते भएका छन् । घाइतेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार