नयाँ बुलन्द
इलाम : भारतबाट अवैध रुपमा ल्याइएको एक लाख रुपैयाँ बराबरको सामान इलामको श्रीबुङबाट प्रहरीले बरामद गरेको छ ।
प्रहरीले सोमबार साँझ इलामको सुर्योदय नगरपालिका-४ श्रीबुङ छेउमा लुकाइछिपाइ राखेको ट्वाईलेटको प्यान चार थान, टायल्स प्याकेट ६७ थान, किचनर्याक एक थान, धाराको सावर नौ थान, स्टिलको आरी, थाल, स्टिलको ट्वाइलेट प्यानलको स्केट लगायत धाराको सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरीएको सामान आवश्यक कार्वाहीको लागि श्रीअन्तु प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



















































