साँघुबेँसी चिया उत्पादक सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा

नरेन इलामेली

माइजोगमाई : इलामको सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकालाई कार्य क्षेत्र बनाएर सञ्चालित साँघुबेँसी चिया उत्पादक सहकारी संस्थाको ११ ‍औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारी संस्थाका निवर्तमान अध्यक्ष भिष्मप्रसाद सुबेदीको अध्यक्षता शनिबार समपन्न साधारण सभाले  गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ कार्यसमिति समेत चयन गरेको छ । साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाको कूल आय  ४ लाख ८१ हजार ८ सय ४१ र  कूल खर्च २ लाख ८० हजार ६ सय १८ रहेको छ भने संस्थाको हाल सम्मको बचत २ लाख १ हजार २ सय २३ रुपैया रहेको छ ।

‌साधारण सभाले शंकर बस्नेतको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा पदमबहादुर भण्डारी, सचिव भिष्मप्रसाद सुबेदी, सह-सचिव  प्रेमसागर पौडेल र कोषाध्यक्ष मानबहादुर कटुवाल चयन भएका छन् । सदस्यहरुमा किरणकुमारी थापा, शुकदेव पौडेल, गीता काफ्ले, कमल खत्री र उमेश पाण्डे चयन भएका छन् ।

सहकारीले आफ्नै चिया प्रशोधन कारखाना निर्माण गर्ने निर्णय समेत गरेको छ । संस्थाको नाममा सूर्योदय नगरपालिका १ गोर्खे (साँघुबेसीमा) रहेको जग्गामा प्रशोधन कारखाना निर्माण गर्ने निर्णय गरेको हो । साथै चिया प्रशोधन कारखाना निर्माणका आवश्यक विभिन्न उपसमिति निर्माण गर्ने र आवश्यकता अनुसार विधान संसोधन गर्ने अधिकार समेत साधारण सभाले कार्यसमितिलाई अख्तियार प्रत्यायोजन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष बस्‍नेतले सहकारी र सहकारीका उद्देश्यप्रति इमान्दार रहेर काम गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार