नयाँ बुलन्द
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा तीन दिने नि:शुल्क आधारभूत पत्रकारिता तालिम सञ्चालन हुने भएको छ ।
माङसेबुङ गाउँपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फनिज) जिल्ला शाखा इलामको आयोजनामा आगामी असार २२ देखि २४ गतेसम्म तालिम सञ्चालन हुन लागेको हो ।
स्थानीय स्तरमा पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहने आदिवासी जनजातिहरुका लागि तालिम आयोजना गर्न लागिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङले जानकारी दिए ।
तालिमका लागि इच्छुक आदिवासी जनजातिहरुलाई फाराम भर्न फोनिज इलामले यसअघि नै सूचना प्रकाशन गरी सबै वडा कार्यालयमा पठाएको जनाएको छ ।
तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय कार्य समिति कोषाध्यक्ष अमरध्वज लामाले सहजीकरण गर्नेछन् ।



















































