रौतहटको नमूना नगर बन्दै माधवनारायण

अखिलेशकुमार यादव

रौतहट : २०७५ रौतहटको माधवनारायण नगरपालिकामा विकासको गतिले तीब्रता लिएको छ । जिल्लाको १६ नगरपालिका सहित दुई गाउँपालिकाको तुलनामा राम्रो र गुणस्तरिय विकास कार्य अघि बढेपछि स्थानीय बासीहरु हर्षिस बनेका छन् ।

नगरपालिकाको मेयर विरेन्द्र यादव र उप मेयर सिमल साहको अथक प्रयासमा विकास तेज गतीमा अघि बढेको हो । अघिकांस गाउँपालिका र नगरपालिकामा मेयर र उपमेयरको विवाद चलिरहेको बेला माधवनारायण नगरपालिका विवाद रहित नगरपालिकाको रुपमा परिचित रहेको संघीय सामाजवादी फोरमका युवा नेता एवं जिल्ला उपाध्यक्ष श्याम बिहारी यादवले बताए ।

मेयर यादव र उप मेयर साह को समबन्धमा कुनै प्रकारको खटपट नरहेकोले विकास त्रीव गतिमा अघि बढेको उहाँको भनाई छ । नगरपालिका भरीका गरिब जेहन्दार छात्र छात्राका लागि छात्रवृति सहित पठनपाठन सामग्रीको निशुल्क वितरण कार्यले शिक्षाप्रेमी सहित विद्यालयका अभिभावकहरु खुसी बनेका छन् ।

अर्का तर्फ नगर भित्रका स्वास्थ्य चौकीमा अभाव देखिएको औषधीको व्यावस्थापनमा प्रभावकारी र ठोस कदम चालिए पछि स्वास्थ्यकर्मी र स्वयमसेवीका तथा जनताहरुले भोग्दै आएका सास्ती समाप्त भएको तर अझ प्रभावकारी कदम चाली अपुग भएको औषधी ल्याउन लाग्नुपर्ने स्वास्थ्यकर्मी नागेन्द्र पटेलले बताए ।

उता मेयर यादवको पहलमा दिपही र खेसरहियाको बिचमा करोडौंको लागतमा निर्माण भईरहेको क्रिकेट स्टेडियमले युवाहरुको खुसी थामी नसक्नु छ । सो स्टेडियम मधेस कै सुविधा सम्पन्न हुने बताईएको छ । नगर भित्रको ठाउँ ठाउँमा मन्दिर मस्जिद बन्ने काम पनि अघि बढिरहेको अवस्था छ । यति मात्र कहा हो र । वडा नं.१ देखि ९ सम्म भईरहेको ढलान कार्यले जनता खुसीले गदगद भएका छन् ।

स्थानीय रमेश रामका अनुसार वर्ष भरि हिडडुल गर्न नसकेर घरबाट बाहिर जान आउन समस्या थियो तर भईरहेको विकास निर्माणले गर्दा दशकौं देखिको पिड मार्का समाप्त हुने छ । हामी मेयर यादव र उपमेयर साह माथि अभारी छौ, रामले खुसी व्यक्त गरे ।

यसै विकासको सिलसिलामा कुरा गर्दा मेयर यादव यसपालि पहिलो वर्ष भएकोले अनुभव कम भएतापनि मुख्य बाटो ३०, सहायक २० र भित्री बाटो १६ फिट ढलानका साथसाथै प्रत्यक वडामा नालाको कार्य अघि बढाएको प्रस्ट पारे । जनताको माग र चाहना अनुसार अघि बढछौं । जनताको सेवा गर्न पाउदा भाग्यमाणी ठानेको छु, यादवले आजतक मधेसलाई बताए ।

यादवले पहिलो वर्ष हुदाँ बजेट र समय अभाव भएतापनि शिक्षा, स्वास्थ्य, विधुतीकरण, सिचाई, खेलकुद, मठ मन्दिर मस्जिद निर्माणमा पहिलो चरणको काममा हात हालेको प्रस्ट पारे । मेयर यादवले विकास निर्माण प्रभावकारी साथ भईरहनुमा कार्यालय प्रमुख प्रलभ कायस्थ देखि सबै कर्मचारीको हात रहेको बताए । उहाँले विकास निर्माणमा साथ दिईरहेका वडा अध्यक्ष सहित वडा सदस्यहरु लाई समेत जनतालाई धन्यावाद दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार