वीरु पापो
दानाबारी : इलामको माई नगरपालिकामा नगर स्तरिय सामुदायिक वन उपभोक्ता महासंघ गठन भएको छ । माई नगरपालिकास्थित गरुवा बहुमुखी क्याम्पसमा भएको भेलाले छबिलाल आचार्यको अध्यक्षतामा २२ सदस्यीय समिति गठन भएको हो ।
साविकको महमाई र दानाबारि गाउँ विकास समितिबाट ४ पुरुष र ४ महिला, चिसापानीबाट २ पुरुष र २ महिला तथा लक्ष्मीपुर गाविसबाट १ पुरुष र १ महिला सामुदायिक बन उपभोक्ता समितिबाट क्लासटरको रुपमा रहने समिति गठन भएको जनाइएको छ ।
समितिको उपाध्यक्षमा राजकुमार गड्तौला, सचिवमा मीना लावती, कोषाध्यक्षमा राजकुमारी तामाङ रहेका छन् । सदस्यहरुमा तिलबिक्रम तुमबाहाम्फे, तेजबहादुर घिमिरे, राजु मगर, चन्द्र कुलुङ, पुर्ण खवास, रबिन न्याैपाने, मन्जु राई, साेरानी तामाङ, डिल्लिबिर, मङगलसिङ लिम्बु, चन्द्रकला श्रेष्ठ, डिल्लिबिर मगर, बिष्णुमाया मगर, निर्मला पान्डे, बिनाेद नेम्बाङ, डिल्लिमाया दर्जी, डिल्लिमाया नेपाल र दिपेन्द्र दास राइ रहेका छन् ।
सामुदायिक वन उपभोक्ता समुहका पर्तिनिधिहरुले नगरपालिकाले १० प्रतिशत कर उठाईरहेकोप्रति आपत्ति जनाएका थिए । जिल्लामा ८५ प्रतिशत, नगरमा १० प्रतिशत, प्रदे शमा १० प्रतिशत र केन्द्रमा १० प्रतिशत कर तिर्दा तेब्बर रुपमा सामुदायिक वनहरु मर्कामा परेको सहभागीहरुले बताएका थिए ।
उता साबिक महमाइले सचिव पद नपाएपछि बिचैमा कार्यक्ररम बहिस्कार गरी बाहिरिएका थिए ।
त्यसैगरी प्रदेश वन महासङघमा रुद्र मगर र ध्रुव श्रेष्ठ चयन भएका छन ।
करिब १५० जनाको उपस्थिति रहेको कार्यक्रम महासङघका जिल्ला अध्यक्ष ध्रुव श्रेष्ठको अध्यक्षतामा भएको थियो ।