नयाँ बुलन्द
इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा बासुदेव अधिकारीको अध्यक्षतामा गाउँपालिकास्तरीय नेपाल विद्यालय कर्मचारी परिषद गठन भएको छ ।
शुक्रबार सम्पन्न कर्मचारीहरूको भेलाले उपाध्यक्षमा सन्ध्या खतिवडा, सचिवमा धनबहादुर लुंगेली, कोषाध्यक्षमा भीमबहादुर लिम्वू, सहसचिवमा वविता कार्की (श्रेष्ठ), सहकोषाध्यक्षमा फूलमाया तामाङ चयन भएका छन् ।
यस्तै सदस्यहरूमा गोपाल अधिकारी, इश्वरी प्रसाद पराजुली, भीमबहादुर थेगिम, दिलबहादुर चौहान, सुरेन्द्र राई, विनोद कार्की चयन भएका छन् ।
परिषदका जिल्ला कार्यसमितिका सचिव दिपककुमार खडकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिषदले आगामी दिनमा विद्यालय कर्मचारीहरूका लागि नयाँ–नयाँ कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष बासुदेव अधिकारीले बताए ।