पथरी : मोरङको साविक हसन्दह हालको पथरीशनिश्चरे वडा नं. ५ र ६ का युवाहरुले संगठित भएका छन् । संयुक्त वडा कार्यालयमा हसन्दह नाट्य समाज गठन निर्माण गरेर संगठित भएका हुन् । समाजकी अध्यक्षमा कल्पना मिश्र मिश्र छिन् । ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा अनिता गौतम, सचिवमा दिपेश प्रसाई, सह सचिवमा संजय महतो कोषाध्यक्षमा किरण पाश्वानलाई चयन गरेको छ ।
समितिले समाजका कुरीति र अन्धविश्वासका विषयमा जनचेतनामूलक ढङ्गबाट नाटक प्रस्तुत गर्ने र समाजलाई परिवर्तन गर्ने उद्देश्य राखेको छ । हसन्दहका समपूर्ण नाटक प्रेमीहरुका लागि यसले थप एकताबद्ध हुने बाटो खुलाएको अध्यक्ष मिश्रले बताइन् । संस्था दर्ता गरी कार्यक्रमहरुलाई अगाडि बढाउने तयारी समाजको छ । समाजकी अध्यक्ष मिश्रले जनचेतनामूलक नाटक प्रद्धर्शन गर्ने जनाएकी छिन् ।