इलाम नगरपालिकामा विद्युतीय हाजिरी शुरु

इलाम : इलाम नगरपालिकाले कर्मचारीका लागि विद्युतीय हाजिरी शुरु गरेको छ ।

कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले कार्यालयमा इ एटेण्डेन्स मेसिन जडान गरि प्रयोग शुरु गरिएको हो । कार्यालयमा जडान गरिएको मेसिनमा इलाम नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेन्द्र खाम्याहाङले हाजिर गरेर उद्घाटन गरे ।

सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था हुँदा जिल्लामा कीर्ते हाजिरी गर्नेको अन्त्य हुने र अनुगमन कार्यमा पनि सहजता हुने भएको छ । कर्मचारीलाई जनताप्रति अझबढि उत्तरदायी बनाउनका लागि विद्युतीय हाजिरी शुरु गरिएको इलाम नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेन्द्र खाम्याहाङले बताए ।

उनले भने, “एक्काइसौ सताब्दीमा विकास भएको विज्ञान प्रविधिका यस्ता माध्यम अनुसरण गर्दा दैनिक काम कारबाहीमा पनि सरलता आउने मैले विश्वास लिएको छु ।” दैनिक हाजिरी रजिस्टरमा गर्दा कर्मचारी कुनबेला कार्यालयमा आए र गए त्यसको बारेमा कार्यालय प्रमुखलाई पनि सही जानकारी हुन नसक्ने अवस्था विभिन्न कार्यालयमा देखिदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार