नरेन इलामेली
माइजोगमाई : नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले संगठन विस्तारलाई तिब्रता दिएको छ । अनेरास्ववियुमा आस्थावान विद्यार्थीहरुलाई संगठित गरियो संगठनलाई मजबुत बनाउने उद्देश्यले कमिटी गठन गरिएको बताइएको छ ।
यसै क्रममा इलामको माइजोगमाई गाउँपालिकाका १ स्थित शिवमाई मावि र माइजोगमाई ५ सोयाङ स्थित सरस्वती माविमा पनि कमिटी गठन गरिएको छ ।
शिवमाईमा प्रमोद पौडेलको अध्यक्षतामा १६ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा कञ्चन पौडेल, सचिव अमिषा राई, सह-सचिवहरु सीता खँड्का, मनिषा राई र दिवश राई तथा कोषाध्यक्षमा समिक्षा खवास चयन भएका छन् ।
त्यस्तै सरस्वतीमा अनुषा खत्री अध्यक्ष चयन भएका छन् । उपाध्यक्ष उमेश तामाङ, सचिव मलिना राई सह-सचिवहरु मेलिना राई, सन्दिप तामाङ र समिक्षा भट्टराई र कोषाध्यक्षमा प्रतिमा तामाङ लगायतको २१ सदस्यीय कमिटी गठन गरिएको छ ।
कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी सदस्यहरु मानबहादुर गुरुङ र सन्जीव थामी, मरब क्याम्पस कमिटी सदस्य सनम राई, पूर्व क्षेत्रीय सदस्य गोपाल निरौलाको उपस्थितिमा सम्पन्न भएको डम्बर निरौलाले नयाँ बुलन्दलाई जानकारी दिए ।
यसअघि माइजोगमाई १ स्थित अमर कल्याण मावि र ३ स्थित नामसालिङ माविमा भने बुधबार नै कमिटी निर्माण गरिएको थियो ।