तामाङ जनप्रतिनिधिलाई घेदुङको सम्मान

झापा : स्थानीय तहको निर्वाचनमा निर्वाचित आफ्नो समुदायका १० जना जनप्रतिनिधिहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समिति झापाले आज सम्मान गरेको छ ।

आदिवासी जनजाति महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा मेचीनगर नगरपालिकाका वडा नं १ का अध्यक्ष पासाङ मोक्तान, वडा नं ८ का अध्यक्ष ललित ख्युङवा, अर्जुनधारा नगरपालिकाका वडा नं १० का अध्यक्ष बलदेव गोम्देन, वडा सदस्य मनोज योञ्जन, मेचीनगरका वडा सदस्यहरु प्रेमबहादुर पाख्रिन, मन्जिता तामाङ, दीपक थिङ, लक्ष्मी थिङ, बुद्धशान्ति गाउ“पालिकाका वडा सदस्य तेजबहादुर स्याङ्दान र कचनकवल गाउ“पालिकाका वडा सदस्य धनबीर तामाङ रहेका छन् ।

घेदुङका प्रदेश संयोजक मित्रसेन योञ्जनले सम्मान पत्र प्रदान गर्दै खादा मालाले सम्मान अर्पण गरेका हुन् । घेदुङका कार्यवाहक जिल्ला अध्यक्ष दलबहादुर ग्लानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिलकुमार पाख्रिन, प्रदेश सदस्यहरु पदमबहादुर तामाङ, रेखबहादुर घिसिङलगायतले बधाई मन्तब्य राखेका छन् ।

राजकुमार बम्जनले स्वागत गरेको कार्यक्रमको सञ्चालन चन्द्र तामाङले गरेका थिए । झापामा २७ हजारको हाराहारीमा तामाङहरुको जनसंख्या रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार