सुजता सुनुवार
इलाम : इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ नामसालिङमा एक सातदेखि विद्युत आपूर्ती बन्द भएको छ ।
वर्षासँगै आएको हावाहुरीले विभिन्न स्थानमा पोल ढलेको तथा तारहरु चुडिँएकाले विद्युत आपूर्ती ठप्प भएको स्थानियबासीले जानकारी दिएका छन् । विद्युत नहुँदा एक सातादेखि सिङ्गो गाउँ नै अन्धकार बनेको छ । सञ्चार सुविधाबाट पनि नामसालिङबासी टाढा भएका छन् ।
विद्युत नहुँदा विद्यार्थीको पढाइमा प्रत्यक्ष असर परेको छ । विद्युतबाट गाउँमा सञ्चालन हुँदै आएका लघु उद्योगहरु पनि ठप्प भएका छन् ।
नेपाल विद्युत प्राधिकरण इलाम शाखाले भने विद्युत सुचारु गर्नका लागि काम गरीरहेको जनाएको छ । केन्द्रिय प्रसारण लाइनको गोदक क्षेत्रमा समस्या समेत आएकोले विद्युत सुचारु गर्न समय लागेको प्राधिकरणको भनाई छ ।
नामसालिङका केही घरधुरीमा सोलार जोडेपनि अधिकांशको घरमा भने केन्द्रिय प्रसारण लाइनको बिद्युत जडान गरीएको छ ।